एकै दिन थप ६८ आरोही सगरमाथा शिखरमा

पत्रपत्रिकाबाट

शनिबार, ०५ जेठ २०७५, ०७ : ३६
एकै दिन थप ६८ आरोही सगरमाथा शिखरमा

काठमाडौं । अनुकूल मौसमको फाइदा उठाउँदै शुक्रबार एकै दिन स्वदेश तथा विदेशका ६८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आजको नागरिक दैनिकको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

आधार शिविरदेखि चौथो क्याम्पसम्म उपयुक्त मौसम कुरिरहेका सयौं आरोहीमध्ये शुत्रबार बिहान ५ बजेदेखि ११ बजेभित्र ती आरोही शिखर पुगेका हुन् ।

विभिन्न आरोहण दलमा आबद्ध ३७ नेपाली र ३१ विदेशी आरोहीले शुक्रबार साधारण रुट (दक्षिण पूर्वी मोहोडा) बाट सगरमाथाको सफल आरोहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस