गभर्नर–अर्थमन्त्री प्रकरण : राष्ट्र बैंकको वार्षिकोत्सवमा अर्थमन्त्रीलाई छैन् निमन्त्रणा

सफल खबर संवाददाता

बुधबार, १४ बैशाख २०७९, १२ : ४३
गभर्नर–अर्थमन्त्री प्रकरण : राष्ट्र बैंकको वार्षिकोत्सवमा अर्थमन्त्रीलाई छैन् निमन्त्रणा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबीचको झगडा अहिले सतहमै आई पोखिएको छ । अबैधरुपमा नेपालमा विदेशबाट रकम भित्राउने व्यक्तीलाई जोगाउन अर्थमन्त्री शर्माले मुख्य भुमिका खेलेको र सो पैसा निकाल्न अर्थमन्त्रालयबाट दिएको गोप्य निर्देशन गर्भनर अधिकारीले नमानेपछि सुरु भएको विवाद अन्नत सहतमै पोखिन पुगेको हो ।

यसरी गर्भनर अधिकारी र अर्थमन्त्री शर्माबीच ठूलो ट्क्कर परेको राष्ट्र बैंकको वार्षिकोत्सवमा अर्थमन्त्रीलाई निमन्त्रण समेत नदिएकोले पुष्टी भएको छ । नेपाल राष्ट्र बैंक बैसाख १४ गते ६६ वर्ष पुरा गरी ६७ वर्षमा प्रबेश गरेको अबसर पारेर राष्ट्र बैंक परिसरमै कार्यक्रम गरिएको छ ।

तर अरु समयमा सो कार्याक्रमको प्रमुख अथिति प्रायजसो अर्थमन्त्री हुने गरेको थियो । तर यस पटक भने गर्भनर र अर्थमन्त्री बीच भएको टकराबका कारण राष्ट्र बैंकबाट अर्थमन्त्री शर्मालाई कुनै निमन्त्रणनै नगरेको बुझिन आएको छ । अर्थमन्त्री शर्मालाई कार्यक्रममा निमन्त्रण नगरेपछि गर्भनर अधिकारीनै सो कार्यक्रमको प्रमुख अथितिका रुपमा सहभागी भएका छन् । सोही कारण नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच तिक्तता झनै बढ्दै गएको छ ।

तत्कालिन केपी ओली नेतृत्व सरकारले गभर्नर अधिकारीलाई नियुक्त गरेको हो । वर्तमान सरकार आएपछि अर्थमन्त्री बनेका शर्माबीच यसअघि नै सामञ्जस्यता नमिलेको देखिएको थियो । तर मन्त्री शर्माले पटक पटक त्यस्तो तिक्तता नरहेको बताए पनि राष्ट्र बैंक–अर्थ मन्त्रालय विवाद सतहमा आइसकेको छ ।

यसरी गर्भनर र अर्थमन्त्रीबीचको विवादका कारढा राष्ट्र बैंक मातहत र अर्थ मन्त्रालय र मातहतको निकायका प्रमुखहरु तनावमा परेको समेत राष्ट्र बैंक स्रोतले जनाएको छ । नेपालको अर्थतन्त्र तत्काल सुधारउन्मुख हुने अवस्थामा देखिदैन । यही बीचमा अर्थविद्हरुले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच भएको झगडाका कारण अर्थतन्त्रमा थप चुनौतीहरु आएको बताएकै समयमा समस्या समधान गर्नेभन्दा पनि दुवै निकाय एकले अर्कोलाई सक्ने योजना बनाउदै आएको आरोप समेत लागेको छ ।

नेपालको अर्थतन्त्र तत्काल सुधारउन्मुख हुने अवस्थामा नदेखेका अर्थविद्हरुले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको इगोकै कारण अर्थतन्त्रमा चुनौतीहरु आएको दाबी गर्दै आएका छन् । नेपाल राष्ट्र बैंक र अर्थमन्त्रायले मिलेर काम गर्न नसकेकाले अर्थतन्त्रमा समस्या आएको अर्थबीद्हरुको दाबी रहेको छ ।

अर्थमन्त्रालय र राष्ट्र बैंकले एक अर्कालाई दोष देखाएर अहिलेको समस्या समाधान हुने अबस्था देखिएको छैन । अर्थमन्त्री र गभर्नरले एकले अर्कोलाई मुद्दा हालाहाल गर्ने इगो भइरह्यो भने मुलुक र मुलुकको अर्थतन्त्रको लागि प्रति उत्पादक हुने भन्दै अर्थमन्त्री र गभर्नरले सार्वजनिक जिम्मेवारी लिएकाले त्यस्तो गर्न नमिल्ने समेत अर्थबीद्हरुको भनाई रहेको छ ।

नेपाल राष्ट्र बैंकले आयोजना गरेको कार्याक्रममै अर्थमन्त्री शर्माले राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिलाई अनुशासनको पालना नगरेको भन्दै गाली गरेपछि विवादले उग्र रुप लिएको हो । अर्थमन्त्री शर्माले गभर्नर अधिकारीले कुनै समन्वय नै नगरी आफैं निर्णय गर्ने गरेको र जानकारी माग्दा अर्थमन्त्रीले हस्तक्षेप ग¥यो भनेर मिडियाबाजी गरेको भन्दै आलोचना गरेपछि समस्या झन बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस