जिम्बावे एसँगको सिरिजका लागि नेपाली टोलीको प्रशिक्षण सुरु

सफल खबर संवाददाता

बुधबार, १४ बैशाख २०७९, ११ : ४७
जिम्बावे एसँगको सिरिजका लागि नेपाली टोलीको प्रशिक्षण सुरु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाबे ए क्रिकेट टोलीसँगको सिरिजका लागि प्रशिक्षण सरु गरेका छ । नेपालले घरेलु मैदानमा जिम्बावेसँग तीन एकदिवसीय र तीन टी–ट्वान्टी खेल खेल्दै छ । उक्त सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको आजबाट प्रशिक्षण सुरु हुने भएको छ । 

नेपाली टोलीले बिहान ९ बजेबाट प्रशिक्षण सुरु गरेको क्रिकेट टोलीका म्यानेजर रमन सिवाकोटीले बताए । नेपालका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले क्रिकेट मैदानमा राष्ट्रिय टिममा स्थान बनाएका २३ खेलाडीलाई प्रशिक्षण दिन लागिएको हो ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा क्यानले यसअघि सन्दीप लामिछानेको कप्तानीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ सेख, आसिफ सेख, रोहितकुमार पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसान भारी, पवन सरार्फ, अविनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, विक्रम सोब र सुनिल धमलालाई समेटेर टोली घोषणा गरेको थियो । नेपालले बन्द प्रशिक्षणमा बोलाएको २३ खेलाडीबाट खेलको दिन सुरुवाती ११ छनोट गरिने क्यानले जनाएको छ ।

सिरिज वैशाख १७ गतेबाट हुँदैछ । १० दिन चल्ने सिरिजमा जिम्बाबेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहनेछ । एकदिवसीय सिरिज वैशाख १७ देखि २१ सम्म चल्नेछ भने टी–ट्वान्टी वैशाख २३ देखि २६ सम्म सञ्चालन हुने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस