एकै घरका दुई दाजुभाइको मनोनयन

सफल खबर संवाददाता

बुधबार, १४ बैशाख २०७९, ११ : २२
एकै घरका दुई दाजुभाइको मनोनयन

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गरे । उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता  गरे  । सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले)को तर्फबाट प्रमोद रिजालले उम्मेदवार भएका हुन्  । कांग्रेसबाट उम्मेदवारी छन् विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु  गरे  ।उनले हाल तरुण दल बाँकेको सचिव हुन् । विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद अघिल्लो कार्यकालको पनि वडाध्यक्ष हुन्  ।

उहाँ उपमहानगरपालिकाको प्रवक्ता समेत हुन्  । वडाध्यक्ष हुनुअघि प्रमोद कानुन व्यवसायी हुन्  । त्यस्तै कोहलपुर नगरपालिकामा पनि दुई सहोदर दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ । नगरपालिकाको वडा नं ३ मा भाइ माधव रिजाल र दाजु तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु तारकेश्वर त्यतिबेला उहाँसँग ६५ मतले पराजित थियो । माधव एमालेबाट तथा तारकेश्वर नेकपा (माओवादी) केन्द्र)बाट वडाध्यक्षका लागि भिड्दै  । जिल्लाको आठ स्थानीय तहमा ४२१ पदका लागि दुई हजार ३२९ जनाको उम्मेदवारी परेको छ । 

प्रतिक्रिया दिनुहोस