गभर्नर अधिकारी निलम्बन मुद्दामा अन्तरिम आदेशबारे छलफल हुँदै

न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा रिट

सफल खबर संवाददाता

मंगलबार, १३ बैशाख २०७९, ११ : ३६
गभर्नर अधिकारी निलम्बन मुद्दामा अन्तरिम आदेशबारे छलफल हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा मंगलबार अन्तरिम आदेशबारे आज छलफल हुँदैछ । अन्तरिम आदेशबारे छलफलका लागि न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासमा पेसी तोकिएको छ। 

सरकारले गभर्नर अधिकारीलाई चैत २५ गते निलम्बन गरेको थियो। तर सर्वोच्च अदालतले वैशाख ७ गते अल्पकालीन अन्तरिम आदेश दिँदै काममा फर्काएको थियो। अल्पकालीन आदेशसँगै अधिकारी भोलिपल्टै कार्यालयमा हाजिर भएका हुन्।

तर त्यो आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने आजको छलफलपछि सर्वोच्चले आदेश जारी गर्नेछ। अन्तरिम आदेशलाई निरन्तरता नदिएमा भने अधिकारी निलम्बनमा पर्नेछन्। तर यसअघि नै उनलाई काममा फर्किन आदेश दिइसकेकाले यो सम्भावना कम छ। 

प्रतिक्रिया दिनुहोस