काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको संख्या ७१ हजार नाघेको छ ।
निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार हालसम्म ७१ हजार २३७ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारको विवरण संकलन कार्य जारी रहेकाले यो संख्या बढ्दै जाने आयोगको भनाइ छ ।
आयोगका अनुसार प्रमुख पदमा २ हजार ११८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्षमा २ हजार २२१ जनाले उम्मेदवारी दिएका छन् । यस्तै उपप्रमुख पदमा १३१८ जना तथा उपाध्यक्ष पदमा १५४४ जनाले उम्मेदवारी दिएका छन् ।
यसैगरी वडाध्यक्षमा १७ हजार ७०१ जनाले उम्मेदवारी दिँदा महिला सदस्य पदमा १० हजार ३७१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी हालसम्म सदस्य पदमा उम्मेदवारी दिनेको संख्या २४ हजार ३०९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ बैशाख २०७९, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
निर्वाचनमा बालअधिकार उल्लंघन : अध्ययनले देखायो ३५० घटना
प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?
धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको पत्र
७० स्थानमा रास्वपा अगाडि
जेनजी आन्दोलनपछिको प्रतिनिधि सभा निर्वाचन आज