काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको संख्या ७१ हजार नाघेको छ ।
निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार हालसम्म ७१ हजार २३७ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारको विवरण संकलन कार्य जारी रहेकाले यो संख्या बढ्दै जाने आयोगको भनाइ छ ।
आयोगका अनुसार प्रमुख पदमा २ हजार ११८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्षमा २ हजार २२१ जनाले उम्मेदवारी दिएका छन् । यस्तै उपप्रमुख पदमा १३१८ जना तथा उपाध्यक्ष पदमा १५४४ जनाले उम्मेदवारी दिएका छन् ।
यसैगरी वडाध्यक्षमा १७ हजार ७०१ जनाले उम्मेदवारी दिँदा महिला सदस्य पदमा १० हजार ३७१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी हालसम्म सदस्य पदमा उम्मेदवारी दिनेको संख्या २४ हजार ३०९ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ बैशाख २०७९, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?
राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशन, १३ जना मतदान गर्न नपाउने
निर्वाचन ७० दिन बाँकी : निर्वाचन आचारसंहिताको मस्यौदा तयार
फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी
निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?
कति दलले भाग लिँदै छन् निर्वाचनमा ?