चितवन । नेकपा एमालेका तर्फबाट मेयर पदमा विजय सुवेदीले भरतपुर महानगरपालिकाका लागी मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गरेपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै भरतपुरलाई पूर्वाधार र सामाजिक जीवनका दृष्टिले उत्कृष्ट सहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।उनले बृहत गुरुयोजना बनाएर चितवन मकवानपुर र दाउन्नेलाई जोडेर विशेष शहर बनाउने दावी गरे ।
उनले मतदातालाई अपिल गर्दै अन्तरआत्माको आवाज सुनेर उपयुक्त व्यक्तिलाई मतदान गर्न आग्रह गरे । एमालेले भरतपुरको उपमेयरमा राप्रपालाई सहयोग गर्ने सहमति भएको छ ।
सोमबार उम्मेदवारी दिन एमालेका नेता कार्यकर्ताहरू बाजागाजासिहत हजारौको संख्यामा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । अव केही बेरमा सत्ता गठबन्धनका तर्फबाट मेयरमा रेनु दाहाले मनोनयन दर्ता गर्दै छिन् । काग्रेसका असन्तुष्ठ समुहले पनि काग्रेसका नेता तथा पुर्व राष्ट्यि सभा सदस्य जगन्नाथ पौडेल लाई उमेदवार बनाउदैछन् । उनले पनि मनोनयन दर्ता गर्दै छन् ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
सोमबार, १२ बैशाख २०७९, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
जिल्ला अध्यक्षसँग एमाले महासचिव पोखरेलले गरे भर्चुअल बैठक
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु