काठमाडौं । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा सर्लाहीको मलङ्गवा मा “प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम“ सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले जनतालाई झुक्याएर षड्यन्त्र पुर्वक लेखिएको धर्म निरपेक्षता लाई संविधान संशोधन गरेर हिन्दू राष्ट्र लेखिनुपर्ने माग राखेका थिए ।
जनगणना मार्फत हिन्दूलाई ११ ठाउमा विभक्त गरेर ५० प्रतिशत भन्दा कम देखाउन सकेमा हिन्दू राष्ट्र को मुद्दालाई समाप्त पार्नका लागि ठूलो षड्यन्त्र भैरहेको आरोप लगाउदै पूर्व प्रधानन्यायाधीशले विश्वको उत्कृष्ट धर्म र राष्ट्र को संरक्षण गर्न आह्वान समेत गरेका थिए । अभियानको केन्द्रीय सदस्य तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक कल्याण तिम्सिना ले हिन्दू राष्ट्र को माग राजनीतिक नभई सास्कृतिक रहेको बताए । नेपालको धर्म, संस्कृति, परम्परा, जनसङ्ख्या, भाषा र भेषभुषा इत्यादि सबै सिध्याउन कालागि षड्यन्त्र भइरहेको चर्चा गर्दै उन्ले धर्म निरपेक्षता को विषयमा जनमत सङ्ग्रह स्वीकार्य नहुने बताएर जसरी हिन्दू राष्ट्र हटाइयो त्यसैगरी पुनर्स्थापित हुनुपर्ने माग गरेका थिए
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, १४ : ३६
लेखकबाट थप