एन आई सी एशिया बैंकको कृषि तथा पर्यटन ब्यवसाय कर्जा

शुक्रबार, ०४ जेठ २०७५, १२ : ५८
एन आई सी एशिया बैंकको कृषि तथा पर्यटन ब्यवसाय कर्जा

काठमाडौं । एन आई सी एशिया बैंकले ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन ब्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाई यस क्षेत्रलाई सबल बनाउने उद्देश्यले ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन ब्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको बताएको छ ।

कृषि तथा पर्यटन क्षेत्रमा स्व–ब्यवसायलाई थप प्रबद्र्धन तथा भएको ब्यवसायलाई विस्तार गर्ने योजना बनाईरहेका ब्यवसायीहरुलाई साथ दिने उद्देश्यले बैंकले यो योजना ल्याएको र यस योजनाले कृषि तथा पर्यटन ब्यवसाय बृद्धिमा थप टेवा पुर्याउने विश्वास लिएको बैंकले जनाएको छ । व्यवसायीक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड पुरा गरेका कृषि उद्यमीलाई नेपाल सरकारको नीति बमोजिम ५% ब्याज अनुदानको लागि आवश्यक ब्यवस्था मिलाउनुका साथै शुन्य प्रशासनिक शुल्कमा कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । उपरोक्त ब्यवसायीक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड भित्र नपर्ने कृषि तथा पर्यटन ब्यवसायीहरुलाई समेत यस बैंकले सुलभ ब्याजदरमा कर्जाको ब्यवस्था गरेको र सो बाट सम्पुर्ण कृषि तथा पर्यटन ब्यवसायी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस