काठमाडौं । नेपालको कानून दैवले जानुन भन्ने उखान नेपालका बैंक र वित्तिय संस्थामा मात्रै होइन नियमनकारी निकाय नेपाल राष्ट्र बैंक भित्र पनि लागु भएको छ । नेपाल सरकारकै निर्देशनमा नेपाल राष्ट्र बैंकले एलसी खोल्न बन्द गर्ने निर्णय नै गर्यो । बैंक र वित्तिय संस्थाहरुलाई परिपत्र नै गरियो तर रातारात नेपालकै ठूलो र पूरानो बैंक नबिल बैंक र विदेशी लगानीमा स्थापना भएको अर्को बैंक स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडबाट १ अर्ब ७४ करोडको एलसी खोलिएको खुलेको छ ।
नेपाल राष्ट्र बैंक, बैंकका सीइओ र केही व्यापारी घरानाहरुको सेटिङ्गमा रातारात करोडौंको एलसी खोलिएको भेटिएको छ । यो ठगी नभए के हो रु यसमा ठूलो आर्थिक चलखेल भएको छैन भन्ने आधार के छ ? यो खोजीको विषय हामीले बनाएका छौं । विशाल समूहलाई प्रतिबन्धित एलसी चैत्र २३ र २५ गते स्टाडण्र्ड चाटण्र्ड बैंक नेपाल मार्फत खोलिएको देखिन्छ । जवकी राष्ट्र बैंकले वाणिज्य बैंकका सीइओहरुलाई चैत्र २१ गते बोलाएर नै एलसी नखोल्न मौखिक निर्देशन नै दिएको थियो ।
अर्थमन्त्रीज्यू हेक्का होस् । छानविन गर्न निर्देशन होस् । यता ज्योति समूहलाई चैत्त २३ गते अनिल शाह सीइओ भएको नबिल बैंक लिमिटेडले ४० करोड भन्दा बढिको एलसी दिएको भेटिएको छ । के नबिल र स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडलाई राष्ट्र बैंकको निर्देशन लागु हुँदैन गर्भनर साब ? यति मात्रै होइन लगातार नबिल बैंकले अर्को व्यापारिक घराना शारदा समूहलाई पनि चैत्त २४ गते ५ करोड ८२लाख भन्दा बढिको प्रतिबन्धीत एलसी दिएको देखिन्छ । ललितपुर वाइन कम्पनीलाई समेत नबिल बैंकल १ करोड ८३ लाख भन्दा बढिको एलसी दिएको भेटिएको छ ।
एलसी बन्द गर्न अर्थमन्त्री जनार्दन शर्माले चैत्त १९ गते नै राष्ट्र बैंकलाई निर्देशन दिएकै दिन गोप्य सूचना ठूला घरघरानाका व्यापारीहरुलाई चुहावट भएपछि एक पछि अर्को गर्दै नबिल र स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडबाट ज्योती समूह, शारदा समूह, विशाल समूहले रातारात अर्बौको एलसी सुविधा लिएको भेटिएको छ । भनिन्छ २१ चैत २०७८ मा २७ वाणिज्य बैंकका सीईओहरुलाई बोलाएर नेपाल राष्ट्र बैंकले निर्देशन दियो, अब बिलासी वस्तु आयातका लागि प्रतीतपत्र ९आयातको बैंक ग्यारेन्टी–एलसी० नखोल्नू । राष्ट्र बैंकको निर्देशन लिखित थिएन ।
यहि मौका छोपी केही घरानाहरुले रातारात करोडौंको एलसी सुविधा लिएको भेटिएको छ । राष्ट्र बैंकले राखिदिएको कानुनी छिद्रबाट पसेर सीमित व्यापारिक घरानाहरुले एलसी रोक्ने निर्देशनपछि पनि महिनौंका लागि मौज्दात पुग्ने गरी आयात गर्न एलसी खोलेको भेटिएको छ । एलसी रोक्ने निर्णय भएपछि पनि राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र केही व्यापारिक घारानाको सेटिङमा आयातको लागि एलसी खोल्ने क्रम झन् बढेको देखिन्छ गर्भनर साब ! राष्ट्र बैंकको निर्देशनपछि प्रतिबन्धित वस्तुमा एक अर्ब ७४ करोड ७६ लाख ९५ हजार ५९६ रुपैयाँ बराबरको एलसी खोलेको भटिएको छ । अधिकांश एलसी नबिल र स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडबाट खुलेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, १३ : २५
लेखकबाट थप