स्थानीय तह निर्वाचन

स्वतन्त्र उम्मेदवार बालेन शाहले दिए काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी

सफल खबर संवाददाता

आइतबार, ११ बैशाख २०७९, १३ : २३
स्वतन्त्र उम्मेदवार बालेन शाहले दिए काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी

काठमाडौं  । स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय सभागृहमा पुगी उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । 

युवाहरुमाझ चर्चित रहेका ¥यापर शाहले निकै अघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आएका थिए ।  पेशाले इन्जिनियर शाहले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले जित्ने दाबी गरे । 

प्रतिक्रिया दिनुहोस