काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा महोत्तरीका मतदाताले यसपालि प्राकृतिक सम्पदाको संरक्षणका विषयमा जोड दिएका छन् । मत माग्न आउने दलका र अन्य उम्मेदवारले प्राकृतिक सम्पदामाथिको अनियन्त्रित दोहनबारे अब स्पष्ट धारणा राख्नुपर्ने मत बलियो बन्दै गएको छ । “न भुताहा, न जोकाहा। त्यत्रा भूल जरुवा पानीका मुहान थिए, देख्दादेख्दै सबै हराए”, भङ्गाहा नगरपालिका–४ रामनगरका ७० वर्षीय रामप्रताप साहले विलापबताए । आफ्नो घर नजिकका जोकाहा र भुताहा खोल्सीका असङ्ख्य जरुवाका मुहान सुकेर खङ्कट रुखा जग्गा बनेको छ ।
यसबारे पुरानो पुस्तामा चिन्ता र नयाँ पुस्तामा चासो बढेको छ । लाग्दो वैशाखमै पानी भेट्न छाडियो, अब जेठसम्म के होला बस्तीबस्तीका इनार र चापाकल धमाधम सुकेपछि खान मात्र नभई नुवाइधुवाइसँगै बस्तुभाउलाई पानी ख्वाउनसमेत निकै सकस परेको बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिकाका सर्वसाधारण गुनासो गर्छन् । प्राकृतिक सम्पदामाथिको निरन्तरको दोहन र जलवायु परिवर्तनको प्रभावको असरले अस्वाभाविक मौसम बन्ने गरेको विज्ञको भनाइ छ । उत्तरी क्षेत्र मात्र नभएर अब मध्य र दक्षिणी क्षेत्रका पानीका स्रोतका मुहान गहिरिँदै गएका छन् ।
चुरे पहाड शृङ्खलाबाट निस्कने नदी क्षेत्रमा बालुवाढुङ्गा उत्खनन गर्नेहरूले ठुल्ठुला गहिरा खाल्डा बनाएको र चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिदै जाँदा नदी, खोल्सी, इनार र चापाकलमा पानीको सतह गहिरिँदै गएर मध्य चैतमै खानेपानीको हाहाकार मच्चिन लागेको छ,
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, १२ : २०
लेखकबाट थप