इटालीमा फेरि कोभिड त्रास बढ्यो, ७३ हजार दैनिक संक्रमित, १४३ जनाको मृत्यु

एजेन्सी

आइतबार, ११ बैशाख २०७९, ०९ : ४२
इटालीमा फेरि कोभिड त्रास बढ्यो, ७३ हजार दैनिक संक्रमित, १४३ जनाको मृत्यु

एजेन्सी । इटालीमा फेरि कोभिड संक्रमण तीव्र फैलिएको फैलिन थालेको छ । शनिबार एकै दिन ७० हजार ५२० जना नयाँ संक्रमित फेला परेका छन् ।  कोभिडका कारण १४३ जनाको मृत्यु भएको छ । इटालीमा शुक्रबार कोभिडबाट २०२ जनाको मृत्यु भएको थियो । 

सन् २०२० को फेब्रुवरीमा कोभिड महामारी फैलिएपछि इटालीमा कोभिडका कारण अहिलेसम्म १ लाख ६२ हजार ६०९ जनाको मृत्यु भइसकेको छ । 

युरोपमा बेलायतपछि इटालीमा कोभिडका कारण धेरै मानिसहरूको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म कोभिडबाट १ करोड ६१ लाख संक्रमित बनेका छन् । कोभिडका कारण शनिबार ९ हजार ९१४ जना अस्पताल भर्ना भएका थिए । 

प्रतिक्रिया दिनुहोस