वाङ जेलङः ‘लो प्रोफाइल’मा रमाइरहेका एसियाका कान्छा अर्बपति

एजेन्सी

शनिबार, १० बैशाख २०७९, १५ : ५८
वाङ जेलङः ‘लो प्रोफाइल’मा रमाइरहेका एसियाका कान्छा अर्बपति

फोर्ब्स भन्छ– विश्वमा २६ सय डलर अर्बपति छन्। जसको कुल सम्पत्ति १ सय २० खर्ब डलर हुन्छ। यीमध्ये धेरै संयुक्त राज्य अमेरिकामा छन्। ७ सय ३५ अर्बपतिमा इलोन मस्क र जेफ बेजोसजस्ता चर्चित नामहरु पर्छन्। धेरै अर्बपति भएकामा चीन दोस्रोमा पर्छ जहाँ ६०७ अर्बपति छन्। तिनैमध्ये पर्छन् एसियाकै कान्छा अर्बपति वांग जेलङ जो २५ वर्षमात्रै पुगेका छन्। 

उनी को हुन् र कहाँबाट यति धेरै सम्पत्ति कमाएर सानो उमेरमै फोर्ब्समा छाइरहेका छन् त? 

डेढ अर्ब डलरका मालिक 
केमिकल कम्पनी सीएनएनसी हुवा युआन टिटानियम डायअक्साइड कोमा १ अर्ब ३० करोड डलरभन्दा धेरै मूल्यको सेयर पाएपछि फोर्ब्सको सूचीमा उनी गत वर्षदेखि पर्नथालेका हुन्। योसँगै टिटानियम डायअक्साइड उत्पादन गर्ने कम्पनी लोमोन बिलियन्स ग्रुपमा समेत उनको सेयर छ।

एक वर्षपछि वाङ हालसम्मकै धनी भएका छन्। उनको पछिल्लो सम्पत्ति डेढ अर्ब डलर बढी रहेको फोर्ब्सले जनाएको छ। 

 

प्रतिक्रिया दिनुहोस