स्थानीय तह निर्वाचन

पाल्पामा सत्ता साझेदार दलहरूबीच गठबन्धन गरेर अघि बढ्ने सहमति

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १४ : ४५
पाल्पामा सत्ता साझेदार दलहरूबीच गठबन्धन गरेर अघि बढ्ने सहमति

पाल्पा । स्थानीय तहको निर्वाचनका लागि पाल्पामा सत्ता साझेदार दलहरूबीच गठबन्धन गरेर अघि बढ्ने सहमति भएको छ । लामो समयदेखि सहमतिको प्रयास भएपनि आजमात्रै भागबण्डा मिलेको हो । 

गठबन्धन दलको बैठकले पालिकाको नेतृत्व कसले गर्ने भन्ने टुङ्गो लगाएको नेपाली काँग्रेस पाल्पाका उपसभापति झपेन्द्र गैरेले बताए ।पाल्पाको १० पालिकामध्ये ६ वटामा काँग्रेसले नेतृत्व लिने सहमित भएको छ । यस्तै  दुई वटा माओवादी र दुई वटा एकीकृत समाजवादी पार्टीले लिने सहमति भएको छ । 

सहमित अनुसार तानेसन नगरपालिका,रामपुर नगरपालिकाका साथै माथागढी, बगनासकाली, निस्दी, रैनादेवी छहरा गाउँपालिकामा कांग्रेसले नेतृत्व पाउनेछ । तानेसन प्रमुख काँग्रेस पाएपछि उपप्रमुखमा माओवादीले दिने सहमति भएको छ ।

यस्तै पाल्पा अर्को नगरपालिका रामपुरमा प्रमुख र उपप्रमुख दुबै नेपाली काँग्रेसलाई दिने सहमति भएको हो । यस्तै माओवादीले तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिका पाएको छ । तिनाउँमा उपाध्यक्ष नेपाली काँग्रेसले पाएको छ । गठबन्धनको सहमित अनुसार एकीकृत समाजवादीले रम्भा र पूर्वखोलामा पालिकाको नेतृत्व लिने सहमति भएको छ । यही सहमतिअनुसार गठबन्धन बनाएर चुनावमा जाने गैरेले बताए ।
 

प्रतिक्रिया दिनुहोस