काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (एस) का अध्यक्ष माधवकुमार नेपालले ओली प्रवृत्तिका कारण एमालेकै भविष्य सकिएको दावी गरेका छन ।
नेकपा स्थापना दिवसका अवसरमा आज (शनिबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कुर्सीको एउटा टेको नै भाँच्चियो र अर्को खुट्टा पनि बलियो नभएको उनको दावी छ ।
उनले एकपछि अर्को गर्दै नेकपा एमालेका मानिसहरु धमाधम आफ्नो पार्टीमा प्रवेश गरेकाले दावी गरे । जसका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कुर्सीको खुट्टा भाँच्चिएको अध्यक्ष नेपालको तर्क छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिवाद र अहंकार प्रवृत्तिका अगाडि इमान्दार र असल मानिसहरु बस्नै नसक्ने नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० बैशाख २०७९, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड