काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (एस) का अध्यक्ष माधवकुमार नेपालले ओली प्रवृत्तिका कारण एमालेकै भविष्य सकिएको दावी गरेका छन ।
नेकपा स्थापना दिवसका अवसरमा आज (शनिबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कुर्सीको एउटा टेको नै भाँच्चियो र अर्को खुट्टा पनि बलियो नभएको उनको दावी छ ।
उनले एकपछि अर्को गर्दै नेकपा एमालेका मानिसहरु धमाधम आफ्नो पार्टीमा प्रवेश गरेकाले दावी गरे । जसका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कुर्सीको खुट्टा भाँच्चिएको अध्यक्ष नेपालको तर्क छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिवाद र अहंकार प्रवृत्तिका अगाडि इमान्दार र असल मानिसहरु बस्नै नसक्ने नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० बैशाख २०७९, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार