धनगढी कांग्रेसको मेयरमा पुनः वड

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, ०८ : ४८
धनगढी कांग्रेसको मेयरमा पुनः वड

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर रहेको धनगढीमा नेपाली कांग्रेसले निर्पबहादुर वडलाई नै मेयर पदमा उम्मेदवार बनाएको छ ।

हाल मेयर रहेका वडलाई आगामी निर्वाचनमा पनि उम्मेदवार बनाउने निर्णय गरिएको नेपाली कांग्रेस धनगढी नगर सभापति यज्ञराज उपाध्यायले बताए ।

सत्ता गठबन्धनले धनगढीको मेयर कांग्रेसलाई दिने सहमति भएपछि शुक्रबार कार्यदलको बैठकले वडलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ,’ नगरसभापति उपाध्यायले भने, ‘आजसम्म वडा अध्यक्षको उम्मेदवारी पनि टुंगो लगाउने छौं ।’ 

विसं  २०७४ सालमा मा सम्पन्न स्थानीयतहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २७ सय मत अन्तरले पराजित गर्दै विजयी भएका थिए ।