काठमाडौं । सत्ता गठबन्धनले गरेको भागबन्डामा मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस जनकपुर उपमहानगरपालिका सभापति मनोजकुमार साहले पार्टी छाडेका छन् ।
शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले कांग्रेस छाडेका हुन् । साहले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवारी दिने जनाएका छन् ।
‘नेपाली कांग्रेसले जनकपुरको सन्दर्भमा गरेको गलत निर्णय सच्याउन यसअघि २४ घन्टे अल्टिमेटम दिएका थियौं, नभए कठोर कदम चाल्न बाध्य हुनेसमेत भनेका थियौं,’ साहले भने, ‘तर पार्टीले त्यो कुराको सुनुवाइ नगरेपछि नेपाली कांग्रेस परित्याग गरेको हो ।’ उनीसँगै सबै नगर वडा सभापतिहरूले पनि कांग्रेस छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ बैशाख २०७९, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री बानियाँमाथि गरिएको छानबिन प्रक्रियाबारे काँग्रेसको असन्तुष्टि
कांग्रेसले बोलायो संसदीय दलको बैठक
लिपुलेक हुँदै कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने भारत–चीनको सहमतिप्रति काँग्रेसको आपत्ति
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काँग्रेसभित्रको आन्तरिक विवाद : देउवा पक्षद्वारा अनुसन्धानात्मक प्रक्रिया रोक्न माग