पाहुनाको स्वागतमा सोझै ५० लाख

पत्रपत्रिकाबाट

शुक्रबार, ०४ जेठ २०७५, ०७ : २२
पाहुनाको स्वागतमा सोझै ५० लाख

काठमाडौं । काठमाडौं महानगरपालिकाले विदेशी पाहुनाको स्वागतमा सोझै ५० लाख रुपैयाँसम्म खर्च गर्ने प्रावधानसहित सार्वजनिक खरिद नियमावली ल्याएको छ ।
महानगरपालिकाले ल्याएको नयाँ नियमावलीमा विदेशी राष्ट्रप्रमुखको स्वागत र आतिथ्यतामा सोझै ५० लाख रुपैयाँसम्म खर्च गर्न सक्ने प्रावधान राखिएको हो । यो प्रावधानले आर्थिक हिनामिनाको जोखिम बढाएको छ । आजको नागरिकले काष्ठमण्डप पृष्ठमा यो समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस