चितवन काँग्रेसको निर्देशन : 'गठबन्धन विरोधी कुनै पनि भेला, छलफल, गोष्ठी नगर्नुस र नगराउनुस'

सफल खबर संवाददाता

शुक्रबार, ०९ बैशाख २०७९, ११ : ०१
चितवन काँग्रेसको निर्देशन : 'गठबन्धन विरोधी कुनै पनि भेला, छलफल, गोष्ठी नगर्नुस र नगराउनुस'

चितवन । सत्तारुढ गठबन्धनले चितवनमा भागवण्डा टुंग्याएसंगै नेपाली काँग्रेस चितवनले केन्द्रिय परिपत्र विपरित कुनै पनि भेला, छलफल, गोष्ठी नगर्न र नगराउन निर्देशन दिएको छ ।  

जिल्ला सभापति राजेश्वर खनालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरुलाइ यस्तो निर्देशन दिएका हुन ।  ‘यो प्रक्रियालाई नकारात्मक प्रभाव पर्नेगरी केन्द्रिय परिपत्र भन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै साथीहरुसंग विनम्रताका साथ आग्रह गर्दछु ।’–उनले विज्ञप्तीमा भनेका छन् । 

आसन्न स्थानीय तह निर्वाचनमा सबै पार्टी होमिएको र काँग्रेस पनि गठबन्धनलाई आत्मसाथ गरि बढिरहेको बताउदैं उनले  केन्द्रिय परिपत्र अनुसार जिल्ला कार्यसमिति गठबन्धनलाइ पूर्ण रुपमा पालना गरि अघि बढ्ने स्पष्ट पार्न चाहान्छु ।’

प्रतिक्रिया दिनुहोस