काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि १ करोड १९ लाख मतपत्र छापिइसकिएको जानकारी दिएको छ । बिहीबारसम्म ५३ जिल्लाका लागि उक्त संख्यामा मतपत्र छापिइसकिएको आयोगले जनाएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलन गर्दै मतपत्र छपाइबारे जानकारी दिएका हुन् । उनले भने,५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापिइसकेको छ । आयोगले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइको काम भइरहेको छ । निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ ।
सुरुमा दुर्गमका जिल्लाका लागि र पछि सुगमका जिल्लाका लागि मतपत्र छपाइको काम भइरहेको हो । दुर्गमका लागि छापिएका मतपत्र सुरक्षासहित सुरुमा नै ढुवानी गर्नुपर्ने भएकाले सुरुमा छापिएको आयोगले जनाएको छ ।
आयोगले स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख थान मतपत्र छाप्ने तयारी गरेको छ । यसपटक स्थानीय तहमा मतदाता संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने