लमजुङमा जनता बैंकको ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १२ सय ९५ जनाको स्वास्थ्य परिक्षण

विहीबार, ०३ जेठ २०७५, १७ : ५४
लमजुङमा जनता बैंकको ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १२ सय ९५ जनाको स्वास्थ्य परिक्षण

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडल लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वमा जनताको ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखि जनता बैंकले दोर्दीमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो ।

बैशाख २८, २९ र ३० मा आँखाको निःशुल्क मोतिबिन्दु अपरेशन, महिलाको पाठेघरसँग सम्बन्धित रोग, नाँक, कान, घाँटी र सामान्य चिकित्सा सम्बन्धि स्वास्थ्य शिविरमा कूल १२९५ जनाले स्वास्थ्य परिक्षण गराएको बैंकले जनाएको छ । जसमध्ये ३० जना विरामीको शिविर स्थलमै मोतिबिन्दुको अपरेशन गरिएको थियो भने २९ जना महिलाहरुलाई पाठेघर सम्बन्धि अपरेसनको लागि अस्पतालमा सिफारिस गरिएको थियो । साथै ५०० जना भन्दा बढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निःशुल्क चस्माका साथै सम्पूर्ण विरामीहरुलाई आवश्यक औषधि वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस