सत्तारुढ गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

सफल खबर संवाददाता

विहीबार, ०८ बैशाख २०७९, १४ : ०७
सत्तारुढ गठबन्धनले सात वटै प्रदेशमा  संयुक्त चुनावी सभा गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ । स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी नेताहरुका अनुसार चुनावी सभालाई गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् ।‘निर्वाचन प्रचार प्रसार १७ गतेबाट सुरु हुने भएकाले १८ गतेदेखि २२ गतेसम्म आमसभा गर्ने भन्ने भएको छ’, माओवादी नेता देव गुरुङले भने, ‘सबै प्रदेशको राजधानीहरुमा आमसभा गर्ने निर्णय भएको छ ।’

जसअनुसार १८ गते सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा, १९ गते लुम्बिनीको बुटवल र गण्डकीको पोखरामा, २० गते मधेशको जनकपुर र प्रदेश १ को विराटनगर तथा २२ गते वागमतीको काठमाडौंमा संयुक्त आमसभा हुनेछ ।

प्रतिक्रिया दिनुहोस