'आफ्नै गाडी भाडामा दिने, आफैं चढ्ने'

पत्रपत्रिकाबाट

विहीबार, ०८ बैशाख २०७९, ०८ : ००
'आफ्नै गाडी भाडामा दिने, आफैं चढ्ने'

ललितपुर । बाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले आफ्नो ‘निजी गाडी’ गाउँपालिकालाई भाडामा लिन लगाएर आफैं चढ्ने गरेको खुलासा भएको छ ।

वडा ४ प्युटार बस्ने मखमली घले अध्यक्ष लोप्चनकी साली हुन् । उनैको नाम रहेको गाडी मासिक भाडा बुझाउने गरी गाउँपालिकाले सम्झौता गरेको पाइएको छ । जुन, गाडी अध्यक्ष लोप्चन चढ्छन् ।

प्राप्त ‘डकुमेन्ट’अनुसार पालिकाले १ कात्तिक २०७७ देखि २०७८ असार मसान्तसम्म मासिक १ लाख ८० हजार भाडा बुझाउनेगरी सम्झौता गरेको छ । सम्झौतामा ‘सवारी चालक सवारीधनीले उपलब्ध गराउनुपर्ने’ भनिए पनि ‘पालिकाबाटै सवारी चालकको तलबसमेत लिइने गरेको’ उल्लेख छ ।

गाउँपालिकाले अध्यक्षले प्रयोग गर्नेगरी आर्थिक वर्ष २०७४(७५ देखि नै ‘कोटेसन’गरी लोप्चनले पत्नी सीता लोप्चनको नाममा रहेको ‘महिन्द्र स्कारपियो फुल अप्सन फोर ह्विल गाडी’ भाडामा लिएको थियो । सवारी मोडेल, च्यासिस नम्बर ब्ज्ञत्ब्द्धब्व्ह्द्दब्ज्ञघठढद्द इन्जिन नम्बर क्व्व्द्धब्ज्ञज्ञडटठ, बा१८च ९९६८ नम्बर सेतो रङको डिजेल गाडी भाडामा लिइएको थियो ।

‘पत्नीकै नाममा रहेका गाडी भाडामा लिएको रु’ भनी प्रश्न उठ्न थालेपछि साली मखमली घलेको नाममा ‘नामसारी’ गरी आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म निरन्तर भाडामा लिएर अध्यक्ष आफैं चढिरहेका छन् ।

प्रारम्भमा १ लाख ९४ हजार मासिक भाडामा लिइएको गाडीमा सवारी चालकको तलब सवारी धनीले उपलब्ध गराउ“थ्यो । चालू आर्थिक वर्ष १ साउन २०७८ देखि हालसम्म भाडा वृद्धि गरी १ लाख ९८ हजार कायम गरिएको गाउँपालिका स्रोतले बतायो । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस