एक्लै चुनाव लड्न र जित्न सक्ने कांग्रेस बनाउन अझै संघर्ष गर्नुपर्छ : महामन्त्री थापा

सफल खबर संवाददाता

बुधबार, ०७ बैशाख २०७९, १६ : ५४
एक्लै चुनाव लड्न र जित्न सक्ने कांग्रेस बनाउन अझै संघर्ष गर्नुपर्छ : महामन्त्री थापा

file-photo

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक्लै चुनाव लड्न र जित्न सक्ने कांग्रेस बनाउन अझै संघर्ष गर्नुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ भन्ने मत पार्टीभित्र अल्पमतमा परे पनि ढिलोचाँडो एक्लै निर्वाचन लडेर जित् नसक्ने कांग्रेस बनाइछाड्ने बताए ।

‘कांग्रेसको मत ३०–३२ लाख हो । त्यो मत नबढाउने हो भने हामी कुनै न कुनै कम्युनिस्ट पार्टीसँग डराइरहनुपर्छ । अहिले कम्युनिस्टहरू मिल्ने डरले गठबन्धन गरेका छौँ, भोलि जितेर आएपछि उनीहरूले अर्को डर देखाउँछन् । त्यसैले अब डराउने होइन, एक्लै चुनाव जित्ने कांग्रेस बनाउनुपर्छ’, महामन्त्री थापाले भने ।

ढिलोचाँडो नेपालका कम्युनिस्टहरू एक हुने भन्दै महामन्त्री थापाले नेपालका सबै कम्युनिस्टहरू एकै भए पनि एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउने हाम्रो लक्ष्य हो ।युवा विद्यार्थीहरूलाई चुनावका लागि तत्कालै आ–आफ्नो गृह जिल्ला जान निर्देशन दिदैं महामन्त्री थापाले पार्टीले निर्णय नगर्दासम्म लड्नुपर्ने र निर्णय भइसकेपछि मान्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस