चितवनमा आठौँ नेपाल फर्मा एक्स्पो हुँदै

सफल खबर संवाददाता

बुधबार, ०७ बैशाख २०७९, १३ : १५
चितवनमा आठौँ नेपाल फर्मा एक्स्पो हुँदै

चितवन ।नेपाल औषधि उत्पादक संघ आठौँ नेपाल फर्मा एक्स्पो २०२२ चितवनमा गर्ने भएको छ । संघले चितवन एक्स्पो सेन्टर भरतपुरमा वैशाख ९ गतेदेखि ११ गतेसम्म फर्मा एक्स्पो गर्न लागेको हो । एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ९ गते उद्घाटन गर्ने कार्यक्रम रहेको संघका मिडिया संयोजक सन्तोष बरालले बताए ।

 उत्पादन गर्दै आएका औषधी र औषधी उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब, मेसिनहरु, कच्चा पदार्थ, प्याकेजिङ मेटेरियल लगायतहरुमा भएका बिकास र उपलब्धिहरूको प्रदर्शनी गरि संघले जनाएको छ ।

औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न बहुराष्ट्रिय कम्पनी र नेपाली औषधि उद्योगले एक्स्पोमा भाग लिन सक्ने छन् । नेपाल औषधि उत्पादक संघ फर्मा एक्स्पो प्रत्येक दुई बर्षमा आयोजना गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस