मंगलप्रसाद महिला कलेजको उद्घाटन

सफल खबर संवाददाता

बुधबार, ०७ बैशाख २०७९, १० : ३९
मंगलप्रसाद महिला कलेजको उद्घाटन

काठमाडौं । नेपालगञ्जमा मंगलप्रसाद महिला कलेजको उद्घाटन भएकाे छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको विशेष पहलमा स्थापना भएकाे कलेजको उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा. यादवराज कोइरालाले गरेका हुन् ।नेपालगञ्जका मधेसी र मुस्लिम छात्रालाई लक्षित गरेर महिला कलेज बनाइएको हाे । १२ कठ्ठा जमिनमा साढे ५ करोड रुपैयाँ खर्च गरेर ४० कोठे भवन बनाइएकाे छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले महिला कलेज आत्मनिर्भर नहुँदासम्म नगरपालिकाबाट सहयोग भइरहने जानकारी दिएकलेजको उद्घाटन गर्दै उपकुलपति प्रा डा. काेइरालाले उनले मधेसी र मुस्लिम छात्राले आफ्नै ठाउँमा उच्च शिक्षा पढ्ने सुविधा पाएको बताए ।

प्रदेश सांसद आइपी खरेलले महिला कलेजलाई नगरपालिकाले मात्रै नभएर जिल्लावासीले नै अपनत्व लिनु पर्ने बताए ।महिला कलेजका प्रमुख रविन्द्र कर्णका अनुसार, व्यवस्थापनमा बिबिएस र बिबिए, शिक्षामा बिएड, कानुनमा ५ वर्षे बिए एलएलबी र विज्ञानमा बिसिए र बिआइटी पढाउने तयारी गरिएको छ ।

नेपालगञ्जमा महिला कलेजको सपना पूरा भएको छ । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति नै अतिथि भएर आइसकेकाले सम्बन्धन प्राप्त हुनेमा शंका नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस