काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि नियमित काममा फर्किने भएका छन् । २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदातलले खुलाइदिएको थियो ।
गभर्नर अधिकारीले सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशअनुसार आजबाट नियमित काममा फर्किने प्रतिक्रिया दिए । उनी १२ दिनपछि कार्यालय जाँदै छन् । न्यायाधीश हरि फुयालको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो । तर, सर्वोच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न भनेको हो । सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि १३ वैशाखमा बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ बैशाख २०७९, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगानीकर्ताहरूले सेयर बजार सुधार्न गभर्नरलाई भेटेर दिए ६ सुझाव
बैंकिङ क्षेत्र सुधार कार्यदलले गभर्नरलाई बुझायो प्रतिवेदन
अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाएको छौँ : गभर्नर पौडेल
गभर्नर पौडेलले घटाए नीतिगत दर, ४.५ प्रतिशत कायम
नेपाल राष्ट्र बैङ्कले गर्यो बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ