गठबन्धनबीच ११ उपमहानगरमा किन मिलेन कुरा ?

पत्रपत्रिकाबाट

बुधबार, ०७ बैशाख २०७९, ०६ : २४
गठबन्धनबीच ११ उपमहानगरमा किन मिलेन कुरा ?

File-photo

काठमाडौं । सत्तारूढ गठबन्धन आबद्ध दलले ११ उपमहानगर मेयर तथा उपमेयरमा पनि भागबण्डाको अन्तिम तयारी गरेका थिए ।

यसका लागि मंगलबार राति १० बजे बैठक बोलाइएको थियो । दिउँसोको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिएनन् । रातिको बैठकमा भने उनीसमेत पुगे ।

उनले आफ्नो सहभागीबिना दिउँसो भएको सहमतिा इन्कार गरेपछि थप विवाद भएको हो । गठबन्धन आबद्ध बैठकमा सहभागी एक नेताका अनुसार मंगलबार दिउसो कांग्रेसलाई ७, माओवादी केन्द्रलाई २ र जसपा र नेकपा एकीकृत समाजवादीलाई एक– एक वटाका दरले उपमहानगरपालिका भागवण्डा गरिएको थियो ।

सहमतिअनुसार घोराही र जितपुर सिमरा उपमहानगर मेयर माओवादी केन्द्रको भागमा राखिएको थियो ।

हेटौंडा उपमहानगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा राखिने सहमति थियो । तर, जनकपुर र नेपालगन्जमा भने कांग्रेस र जसपाको अडान रहेपछि उपमहानगरमा सहमति जुट्न नसकेको हो ।

दिउँसोको सहमतिअनुसार इटहरी, धरान, कलैया, बुटवल, तुल्सीपुर, नेपालगन्ज र धनगढी मेयर नेपाली कांग्रेसको भागमा परेको थियो । जनकपुर जसपालाई दिने सहमति थियो ।

राति ती दुई उपमहानगरमै सहमति जुट्न नसकेपछि बैठकबाट नेताहरू उठेका हुन् । राज्धानि दैनिक मा खबर छ ।