काठमाडौं ।होटल संघ नेपाल (हान) र होटल क्षेत्रसँग सम्बन्धित मजदुर युनियनबीच पाँच बुँदे सहमति भएको छ । यस्तो सम्झौताअनुसार सञ्चालनमा आएका होटलहरूले कोभिड अगाडिकै सेवासुविधा र पारिश्रमिक दिने सहमति भएको छ । सञ्चालनमा नआएका, बन्द तथा पुनर्निर्माणमा रहेका र आंशिक सञ्चालनमा आएका होटलहरूले सम्बन्धित होटलसँगको सहमतिमा तय गर्ने सम्झौता भएको छ ।
हानसँग नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघबीच यसअघि १३ माघ २०७७ अनुसारको सम्झौता परिस्थितअनुसारको भएको निष्कर्ष निकाल्दै अब भने लकडाउन अगाडिकै सेवासुविधासहित सरकारले वृद्धि गरेको पारिश्रमिकलाई लागू गर्ने विषयमा सहमति भएको छ । होटल प्रतिष्ठान र श्रमिक तथा कर्मचारीहरूबीचमा विगतमा भए गरेका वा भविष्यमा हुने सम्झौताहरूको हकमा कुनै श्रम विवाद उत्पन्न हुन गएमा केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपालमार्फत् समस्याको समाधान गरिने भएको छ ।
कुनै भवितव्य वा अकल्पनीय घटना वा काबुबाहिरको परिस्थिति सिर्जना हुन गएमा तत्कालै केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपालको बैठक बसी छलफल र आपसी सहमतिमार्फत् त्यसबाट उत्पन्न भएका समस्याको समाधान गरिने पनि दुई पक्षीय सम्झौतामा उल्लेख छ ।
बन्दाबन्दीको अवस्थामा भएका सम्झौताहरू कार्यान्वयन नभएका होटल तथा प्रतिष्ठानहरूले कार्यान्वयन गर्ने र सेवा शुल्क प्रतिष्ठानहरूले काममा बोलाएका वा नबोलाएका सम्पूर्ण श्रमिकहरूलाई दामासाही रूपमा वितरण गरिनुपर्ने सम्झौता हान र मजदुर युनियनबीच भएको छ ।
हानमा मंगलवार भएको यस्तो सम्झौतामा हानका अध्यक्ष सिर्जना राणासहित ६ जना मजदुर नेतृत्वले हस्ताक्षर गरेका छन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ बैशाख २०७९, १६ : २६
लेखकबाट थप