काठमाडौं । सरकारले नेपाल सरकारको सार्वजनिक सम्पत्तिहरुको मूल्य सूची सार्वजनिक गरेको छ । नेपाल सरकारको मन्त्रालय वा निकाय अन्तर्गतका कार्यालयहरुमा कूल सम्पत्ति १ खर्ब ८० करोड रुपैयाँ भन्दा बढी रहेको छ । महालेखा नियन्त्रकको कार्यालयलले राष्ट्रपति कार्यालयदेखि सबै मन्त्रालयहरुसहित ४३ सरकारी निकायको कूल मूल्यसूची निकालेको हो ।
सबैभन्दा बढी गृह मन्त्रालयसँग २७ अर्ब ४४ करोड रुपैयाँ बराबरको सरकारी सम्पति रहेको छ । त्यस्तै, रक्षा मन्त्रालयको २१ अर्ब ९२ करोड रुपैयाँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ६ अर्ब २० करोड रुपैयाँ र अर्थमन्त्रालयको ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको सम्पत्ति देखिएको तथ्याङ्कमा उल्लेख छ ।
सबैभन्दा कम आदिबासी तथा जनजाति आयोगको १७ लाख रुपैयाँ बराबरको सम्पत्ति मौज्जात बाकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ बैशाख २०७९, १६ : ०६
लेखकबाट थप