रन सुजका २५ मोडलका जुत्ता बजारमा

सफल खबर संवाददाता

मंगलबार, ०६ बैशाख २०७९, १२ : १४
रन सुजका २५ मोडलका जुत्ता बजारमा

काठमाडौं । रन सुज इन्डष्ट्रिज प्रालिले नयाँ वर्ष लक्षित नयाँ २५ मोडलका जुत्ता बजारमा ल्याएको छ।

कम्पनीले स्पोर्टस्, पार्टी, क्याजुयल गरी २५ मोडलका जुत्ता बजारमा ल्याएको छ। स्पोर्टस् सुजमा युवा लगायत सबै उमेर समूह सम्मका डिजाइनहरु रहेका छन्।स्वदेशमै उत्पादित जुत्ता चप्पलको प्रयोगले हाल उत्पन्न भएको तरलता अभाव तथा स्वदेशी आत्मनिर्भरतामा समेत सहयोग पुग्ने र आम देशबासी ग्राहकहरुले स्वदेशी उत्पादनको प्रयोगमा टेवा पुर्याउने कम्पनीका अध्यक्ष रुद्र न्यौपानेले बताए। 

रनका नयाँ मोडलका जुत्ताहरुमा उच्च गुणस्तरिय कच्चा पदार्थहरुको प्रयोग गरी बनाईएको, लचिलो सोलका साथै चार एमएमको लचकदार इनसोलको प्रयोग गरी निकै आरामदायी हुनुका साथै सर्वसुलभ मुल्य रहेकोे कम्पनीले जनाएको छ।
 

प्रतिक्रिया दिनुहोस