साओमीका चार मोडलका ल्यापटप नेपाली बजारमा

सफल खबर संवाददाता

मंगलबार, ०६ बैशाख २०७९, १२ : ०६
साओमीका चार मोडलका ल्यापटप नेपाली बजारमा

काठमाडौं ।नेपाली बजारमा विभिन्न मोडलका मोबायल टिभी, अडियो डिभाइस,  राउटर तथा स्मार्टवाचलगायत उत्पादन विक्री गरिरहेको साओमीले अब ल्यापटप पनि भित्र्याएको छ।कम्पनीले नेपालमा ७५ हजारदेखि एक लाख ३७ हजार रूपैयाँसम्मका चार फरक मोडलका ल्यापटप ल्याएको हो । यसअन्तर्गत रेड्मीबुक १५, रेड्मीबुक १५ प्रो , मि नोटबुक प्रो र मि नोटबुक अल्ट्रा रहेका छन्।

साओमीले यो ल्यापटपलाई ई लर्निङ इडिशन अन्तर्गत राखेको छ। यो ल्यापटप अनलाइन शिक्षा लिने, प्रोग्रामिङ्ग सिक्ने विद्यार्थी वर्गलाई लक्षित गरेर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। ल्यापटपमा इलेभेन्थ जेन इन्टेल कोर आईथ्री प्रोसेसर छ भने इन्टेल आईरिस एक्सई ग्राफिक्स रहेको छ।त्यस्तै १० घण्टा लामो ब्याट्री ब्याकआप छ भने १५६ फुल एचडी डिस्प्ले रहेको यो ल्यापटपको नेपाली मूल्य ७४ हजार ९९९ रूपैयाँ रहेको छ।  वर्किङ प्रोफेसनललाई लक्षित गरी सार्वजनिक गरिएको यो ल्यापटपमा आधिकारिक विन्डोज ओएस आउँछ भने तपाईंले सधैभर लाइसेन्स अफिस २०२१ को एक्सेस पाउन सक्नुहुन्छ।

अनलाइन कक्षा र माइक्रोसफ्ट अफिस असाइन्मेन्टबीच मल्टिटास्क गर्न निकै उपयोगी हुनेछ । यसमा इलेभेन्थ जेन इन्टेल कोर  प्रोसेसर र इन्टेल आईरिस एक्सई ग्राफिक्स रहेको छ।यसमा ८ जीबी र्‍याम र ५१२ जीबी एसएसडी रहेको छ । यसमा पनि ब्याट्री ब्याकअप १० घण्टा नै रहेको छ। यसको नेपाली बजार मूल्य भने ८९ हजार ९९९ रूपैयाँ रहेको छ।  पोर्टेबल र पर्फर्मेन्सलाई ध्यानमा राखेर निकालेको यो ल्याप्टपमा इलेभेन्थ जेन इन्टेल कोर आईफाइभ एच सेरिजको प्रोसेसर रहेको छ। आधिकारिक विन्डोज र लाइसेन्स अफिस २०२१ एक्सेस पाउन सक्नुहुन्छ।

१६ जीबी र्‍याम र ५१२ जीबी एसएसडी रहेको यो ल्यपटपमा २.५ क्वालिटी एचडी डिस्प्ले प्लस मि ट्रुलाइफÞ डिस्प्ले रहेको छ। ११ घण्टा ब्याट्री ब्याकअप रहेको यो ल्यप्टपमा इन्टेल आईरिस एक्सई ग्राफिक्स छ, जसको मूल्य एक लाख ९ हजार ९९९ रूपैयाँ रहेको छ।  मि नोटबुक अल्ट्रा आधुनिक र न्यूनतम, युनिबडी डिजाइन भएको शक्तिशाली र पोर्टेबल ल्यापटप हो। यो मि नोटबुक सिरिज एयरोस्पेस ग्रेड सिरिज ६, अल्मुनियम बडी, एयरक्राफ्ट ग्रेड मेटलको प्रयोगबाट बनेको छ।

इलेभेन्थ इन्टेल कोर आईसेभेन एच सेरिज प्रोसेसर रहेको यो ल्यापटपमा १६ जीबी र्‍याम र ५१२ जीबी एसएसडी रहेको छ। यसमा १२ घण्टा ब्याट्री ब्याकअप छ भने इन्टेल आईरिस एक्सई ग्राफिक्स कार्ड रहेको छ।यसमा ३.२ के मि ट्रुलाइफ प्लस डिस्प्ले रहेको छ । यसको नेपाली बजार मूल्य भने एक लाख ३६ हजार ९९९ रूपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस