नेपाली भूमि कब्जा गरी भारतीय घरटहरा

पत्रपत्रिकाबाट

विहीबार, ०३ जेठ २०७५, ०८ : ०१
नेपाली भूमि कब्जा गरी भारतीय घरटहरा

सप्तरी । भारतीय नागरिकले नेपाली भूमि कब्जा गरी घर टहरा बनाउन थालेका छन् । उनीहरुले आफूखुसी सार्वजनिक जग्गा घेरा हाली खेती गरिरहेका छन् । जिल्लाका गोबरगाढा र लालापटीमा भारतीय नागरिकले नेपाली भूमि कब्जा गरेका हुन् । यसबारे जिल्ला प्रशासन भने बेखबरझैं बनेको छ । आजकोकान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिकाअन्तर्गत कोसीको बीचमा रहेको गोबरगाढा टापुमा भारतीयले थुप्रै घर टहरा बनाएका छन् । केही बर्षयता बाढीको त्रासले स्थानीय विस्थापित भएको मौका छोपी भारतीय नागरिक नेपाली भूमिमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस