कतारमा रहेका नेपालीलाई रमजानमा राहत

पत्रपत्रिकाबाट

विहीबार, ०३ जेठ २०७५, ०७ : १४
कतारमा रहेका नेपालीलाई रमजानमा राहत

काठमाडौं । कतार सरकारले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानमा दैनिक ६ घण्टाभन्दा बढी काम लगाउने रोजगारदाता कम्पनीलाई कारबाही गर्ने सूचना जारी गरेको छ । कतारको प्रशासनिक विकास, श्रम तथा समाजिक मामिला मन्त्रालयका अनुसार रमजानको अवसरमा कार्यअवधि घटाएर ६ घण्टा कायम गरिएको छ । काम गर्ने समय ६ घण्टा कायम गरे पनि रोजगारदाताले पूरा दिनको लतब र सेवासुविधा भुक्तानी गर्नुपर्ने छ ।

मन्त्रालयले ६ घण्टाभन्दा बढी काम लगाउने रोजगारदाताविरुद्ध उजुरी दिन अनुरोध गर्दै त्यस्तो पाइए कारबाही गर्ने चेतावनी दिएको छ । आजको कान्तिपुरले पृष्ठ २ मा यो समाचार छापेको छ । कतारमा झन्डै ४४ हजार कम्पनीमा २३ लाख आप्रवासी कामदार छन् । ती मध्ये चार लाख नेपाली छन् । इस्लामिक मामिला मन्त्रालयका अनुसार बिहीबरबाट रमजान सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस