कांग्रेसका साथीहरू कोहीपनि चुनावी तालमेलको पक्षमा हुनुहुन्न: महामन्त्री थापा

सफल खबर संवाददाता

सोमबार, ०५ बैशाख २०७९, ११ : ४३
कांग्रेसका साथीहरू कोहीपनि चुनावी तालमेलको पक्षमा हुनुहुन्न: महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका कोहीपनि चुनावी तालमेलको पक्षमा नरहेको बताएका छन । आफू मात्रै होइन विभिन्न जिल्लाका नेता कार्यकर्तासँग कुरा गर्दा कोही पनि कांग्रेस तालमेलको पक्षमा नरहेको उनले जिकीर गरे।

आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।निर्वाचनमा हारजित स्वाभाविक हो भन्दै उनले हारे हारौंला त्यही अनुसार अघि बढ्न समेत कार्यकर्तालाई आग्रह गरेका छन । ५० भन्दा बढी जिल्लाका साथीहरु तालमेलको पक्षमा छैनन् भन्दै थापाले जबर्जस्ती लाद्ने हो भने मतदाताले फरक व्यवहार गर्ने बताए ।

आफ्नो क्षेत्रमा थपिएका नयाँ मतदाता पहिचान गरेर उनीहरू केन्द्रित अभियान थाल्न समेत कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस