काठमाडौं । सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाबिरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ ।
२०७८ चैत मसान्तसम्म १८ वर्ष माथिका सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।
उनले गत वर्षको माघ १४ बाट कोरोनाबिरुद्धको खोप अभियान सुरू गरेपछि चैत्र मसान्तसम्म १८ वर्षमाथिको उमेर समूहकालाई लक्षित वर्गमा राखेर अभियान सुरू गरिएको र सरकारले लगभग लक्ष्य पूरा गरेको बताए ।
सहप्रवक्ता अधिकारीले सरकारले यो बीचमा लगभग ९५ प्रतिशत खोपको पहिलो मात्रा लगाइसकेको स्पष्ट पारे । त्यस्तै, ९० प्रतिशतको हाराहारीमा लक्षित वर्गलाई पूर्ण मात्रा खोप लगाएको बताए । उनले आगामी दिनमा पनि कोरोनाविरुद्धको खोप अभियान जारी रहने र खोपको दायरामा नआएकालाई पनि दायरामा ल्याई अभियानलाई पूर्णता प्रदान गर्नेतर्फ सरकार केन्द्रित रहेको बताए ।
सहप्रवक्ता अधिकारीले सरकारले दुःख गरेर पाएको खोप जतनका साथ प्रभावकारी ढंगले पूर्ण सदुपयोग गर्दै आएको दाबी पनि गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ बैशाख २०७९, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले गर्यो १४ जना चिकित्सकको काज फिर्ता