आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्झौता

बुधबार, ०२ जेठ २०७५, १६ : ४०
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड  र  एभरेष्ट बैंक लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्झौता

काठमाडों । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेड बिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक  लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक श्री केशब राज पौडेलबीच हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् । कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । उनले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस