काठमाडौं । स्थानीय तह निर्वाचनका लागि केन्द्रमा पाँच दलीय गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति भए पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले तीन ठाउँमा गठबन्धन नगर्ने निर्णय लिएको छ ।
शुक्रवार बाँकेमा गठबन्धन नगर्ने घोषणा गरेको जसपा नेपालले शनिवार कैलालीमा पनि गठबन्धन नगर्ने निर्णय लिएको हो ।नेपालगञ्जको मेयर जसपालाई नदिने अडान कांग्रेसले राखेको भन्दै गठबन्धनवाट बाहिरिनु परेको जिल्ला अध्यक्ष कमुरुद्धिन राईले जनाएका छन् । बाँकेमा एक्लै स्थानीय तहको निर्वाचनमा होमिने निर्णय गरेको जसपाले कैलालीमा भने गठबन्धन गरेर निर्वाचनमा जाने भएको छ ।
कैलालीमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगायतसँग गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय लिइएको जिल्ला अध्यक्ष गयाप्रसाद चौधरीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ बैशाख २०७९, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न दलसँग एकता र सहकार्यका लागि जसपा नेपालले बनायो वार्ता समिति
निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन जसपा नेपालको आग्रह
जसपा नेपाल चितवन-३ का उम्मेदवार सुनार नेकपामा प्रवेश
जसपा नेपालको घोषणापत्र सार्वजनिक
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश