बेनी जोमसोम सडकखण्ड बन्द

सफल खबर संवाददाता

शनिबार, ०३ बैशाख २०७९, १२ : २२
बेनी जोमसोम सडकखण्ड बन्द

काठमाडौं । मालढुङ्गा–बेनी सडकमा आज शनिबारदेखि यातायात बन्द गरिएको छ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि सडकमा सवारी साधन आवतजावतमा रोक लगाइएको हो ।

सडक विस्तारको काम प्रभावित बनेपछि यातायात आवतजावत बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । यसअघि गत पुस १५ देखि माघ १४ गतेसम्म पनि दैनिक पाँच घण्टा सवारी साधन बन्द गरिएको थियो । एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने भएको छ ।

कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिकाका ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरी दुई लेनको बनाउन काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस