आजको मौसमः पश्चिमी साथै स्थानीय वायुको सामान्य प्रभाव

सफल खबर संवाददाता

शनिबार, ०३ बैशाख २०७९, ०६ : ४१
आजको मौसमः पश्चिमी साथै स्थानीय वायुको सामान्य प्रभाव

काठमाडौं । हाल नेपालमा पश्चिमी साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशका पहाडी भूभागमा आंशिक  बदली रहेको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  रही  बाँकी भूभागमा आंशिक बदली रहने छ। यस्तै पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यस्तै राति पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस