कोरोना अपडेट : थप ४ जनामा संक्रमण पुष्टि, ४४ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

विहीबार, ०१ बैशाख २०७९, १७ : ५३
कोरोना अपडेट : थप ४ जनामा संक्रमण पुष्टि, ४४ जना संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३४२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार २६२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ जना र १ हजार ८० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ७९२ पुगेको छ । हाल नेपालमा ४ सय ७९ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार २०४ पुगेको छ ।

संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।