काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षकका लागि ६५ वटा संस्थाले निवेदन दिएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न इच्छुक संस्थालाई १५ दिनको समय दिई चैत १३ गते सूचना प्रकाशित गरी आवेदन मागेको थियो ।
‘सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । निवेदन दिने संस्थाबाट प्रस्तावित पर्यवेक्षककाे संख्या २० हजार ४६७ रहेको आयोगले जनाएको छ । तीमध्ये पुरुष ११ हजार ६९४, महिला ८ हजार ४८२ र अन्य २९१ जना रहेका छन् ।
निवेदन माथि जाँचबुझ गरी यथाशीघ्र पर्यवेक्षण अनुमति सम्वन्धी निर्णय गरिने आयोगले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ बैशाख २०७९, १७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश