नयाँ वर्ष २०७९ को पहिलो दिन देवघाटधाममा स्नान गर्ने तिर्थालुको भीड (फोटो फिचर)

सफल खबर संवाददाता

विहीबार, ०१ बैशाख २०७९, १६ : ५३
नयाँ वर्ष २०७९ को पहिलो दिन देवघाटधाममा स्नान गर्ने तिर्थालुको भीड (फोटो फिचर)

चितवन । नयाँ वर्ष २०७९ को पहिलो दिन चितवन,तनहुँ र नवलपुरको संगम देवघाटधाममा विहानैदेखि स्नान गर्ने तिर्थालुको भीड लागेको छ । नयाँ बर्षको दिन देवघाटधाममा स्नान गर्ने प्रचलन रही आएको छ ।

चितवन,तनहुँ,नवलपुर र अन्य छिमेकी जिल्लाबाट समेत देवघाटमा स्नानका लागि हजारौको संख्यामा भत्तजनहरु आएका छन् । अघिल्ला दुई वर्ष कोरोनाका कारण देवघाटमा सनानका लागी भत्तजन जान नपाएकाले पनि यो वर्ष देवघाटमा स्नान गर्नेको भिड बढेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

नयाँ वर्षको सुरुको दिन नदिमा गएर स्नान गरे धर्म मिल्छ भन्ने मान्यता रहेको छ । चितवन र नवलपुरका विभिन्न तीर्थस्थल र मठमन्दिरमा पनि भक्तजनको घुँइचो लागेको छ ।

प्रतिक्रिया दिनुहोस