जयश्री खाद्य उद्योगका संचालक वरिष्ठ समाजसेवी पवन अग्रवालको संकल्पमा थुम्सिमा बन्यो भब्य हनुमान मन्दिर

प्रकाश सिग्देल

विहीबार, ०१ बैशाख २०७९, १५ : ३०
जयश्री खाद्य उद्योगका संचालक वरिष्ठ समाजसेवी पवन अग्रवालको संकल्पमा थुम्सिमा बन्यो भब्य हनुमान मन्दिर

चितवन । गैँडाकोट नगरपालिका वडा नम्बर ९ स्थित थुम्सी चक्रघाटमा नेपालकै ठुलो शिखरखजुरावशैलीको निकै आर्कषक हनुमान मन्दिर निर्माण गरिएको छ । २ करोड ८५ लाख लागतमा जयश्री खाध्व उद्योगका संचालक वरिष्ठ समाजसेवी उद्योगी पवन अग्रवालको योजना र संकल्पमा यहाँ नयाँ मन्दिर निर्माण भएको हो ।

मन्दिरको यही ३ गते भब्य कार्यक्रमका बिच उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।  मन्दिरको ४८ फिट लम्बाई, ४२ फिट चौडाई र ६३ फिट उचाई रहेको छ । भूकम्पप्रतिरोधी आधुनिक शैलीमा निर्माण गरिएको मन्दिरमा भूमिगत, गर्भगृह र शिखर तह गरी तीन वटा खण्ड छन् । संकटमोचन श्री हनुमानको दिव्यमूर्ती, कलाकारिताले परिपूर्ण मन्दिरको वाहिरी पाटो, शिखरखजुरावशैलीको गुम्बज, काष्ठकलाका कलात्मक झ्यालढोका, रामदरवार, स–साना गुम्बज आकारका मार्र्बल रेलिङ लगाईएको छ ।

यसको धार्मिक महत्व धेरै रहेकाले पुरानो मन्दिरलाई भब्य बनाउने संकल्प अनुरुप आफुले बनारस बाट ईन्जिनियर ल्याएर नक्सा बनाएर काम सुरु गरी यो भब्य मन्दिरलाई पुर्णता दिएको जयश्री खाद्य उद्योगका सन्चालक वरिष्ठ समाजसेबी ,उद्योगी पवन अग्रवालले बताए । मन्दिर निर्माणमा गैँडाकोटका स्थानियवासिन्दा, वडा कार्यालय, नगरपालिका, गण्डकी प्रदेश मुख्यमन्त्रि कृष्णचन्द्र नेपाली, संघिय संसद डा शसाकं कोइराला, मार्डवारी सेवा समिती नारायणगढको सहयोग रहेको उनले बताए । मन्दिरको नियमित पुजा संचमलनको लागि १ करोडको अक्षय कोष निर्माण हुने पनि उनको भनाई छ ।

यस मन्दिरलाई धार्मिक, आध्यात्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकसित गरी समग्र गैँडाकोटकै धार्मिक महत्वलाई प्रवद्र्धन गर्न महत्वपुर्ण भूमिका खेल्ने वरिष्ठ समाजसवी आध्यात्मिक व्यातित्व उमाशंकर अग्रवालले बताए ।  यस ठाउँमा पनव अग्रवाल कुबेर बनेर आएर यहाँको धार्मिक महत्व थप उच्च बनाउने काम गरेका  उनले बताए ।

नेपालकै मध्य भागमा रहेको यो ठाउँको ऐतिहासिक कालदेखि नै धार्मिक महत्व रहेको छ । यस चक्रघाटमा श्री हरी भगवान बिष्णुले ग्राहद्धारा ग्रसित गजराजको प्रार्थनाबाट प्रसन्न भइ आफ्नो सुदर्शन चक्रको प्रयोगबाट ग्राहको शिरछेदन गरी गजेन्द्रलाई मुक्ति प्रदान गरेको धर्म ग्रन्थहरुमा उल्लेख छ । यस ठाउँलाई २०४२ सालमा फलाहारी बाबा श्री १०८ स्वामी शुकदेवानन्द सरस्वतीले तपस्थली बनाउनु भएको थियो । त्यही बेला देखी यहाँ सानो आकारको हनुमान मन्दिर निमार्ण गरी पुजा गरिदै आएको थियो ।

धार्मिक महत्व बोकेको चक्रघाटमा संघिय, प्रदेश र स्थानीय सरकारले मन्दिर निर्माण गर्न सहयोग गरेका छन् । मन्दिर निर्माणका लागि गैँडाकोट नगरपालिकाको वडा र नगर स्तरिय बजेटबाट ३४ लाख, गण्डकी प्रदेश सरकारको २० लाख, संघिय सरकारको सांसदकोषबाट १० लाख रुपैयाँ प्राप्त भएको छ । त्यस्तै माडबाडी सेवा समिति नारायणघाटले २१ लाख, पवन कुमार अग्रवालले झण्डै आधा करोड , नारायणी सामुदायीक वन र अन्य दाताबाट एक करोड ६४ लाख रुपैयाँ सहयोग प्राप्त भएको बताईएको छ ।

पुर्व पश्चिम राजमार्गको मध्यभागमा पर्ने चक्रघाटमा सुबिधा सम्पन्न धर्मशाला निर्माण गर्ने मन्दिरको लक्ष्य छ । वैदिक सनातन धर्म संस्कृतिको संरक्षण गर्दै गैँडाकोटको धार्मिक पर्यटनको अभिवृृद्धि गर्न यो मन्दिरले धेरै ठुलो योगदान पुग्ने युवा व्यवसायी समाजसेवी अमित अग्रवालले बताए । 

प्रतिक्रिया दिनुहोस