ELECTION UPDATE

चितवन ३ : प्रचण्डको अग्रता कायमै, १८१० मतले लिड गर्दै

शनिबार, २३ मंसिर २०७४, ११ : ३३
चितवन ३ : प्रचण्डको अग्रता कायमै, १८१० मतले लिड गर्दै

 
चितवन । चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायम राखेका छन् । राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई पछि पादै उनले अग्रता कायम गरेकान हुन् ।

दाहालले ४ हजार ६२७ मत प्रप्त गर्दा पाण्डेले २ हजार ८१७ मत पाएका छन् । दाहाललाई एमालेले सहयोग गरेको छ भने पाण्डेलाई नेपाली कांग्रेसको साथ छ ।  

चितवन क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८२३ मतदाता छन् । दाहाल र पाण्डेसहित १४ जना उमेदवार चुनावी मैदानमा छन् । 

 


 

प्रतिक्रिया दिनुहोस