काठमाडौं । लामो समयदेखि घटिरहेको शेयर बजारमा वर्षको अन्तिम दिनमा दोहोरो अंकको सुधार आएको छ ।उतार चढावबीच बजार परिसूचक नेप्से ३० अंकले उकालो लागेर २४ सय १५ पुग्यो । कारोबार भने थप खुम्चिएर २ अर्ब तलै सीमित भयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको ३४ लाख बराबर कित्ता शेयर १ अर्ब ४७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । बुधबार १ सय ६४ कम्पनीको शेयर मूल्य बढ्दा २५ को घट्यो भने ६ कम्पनीको स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० चैत्र २०७८, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२६ अंकले घट्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट
घट्यो सेयर बजार
घट्यो सेयर बजार
४८ अंक बढ्यो सेयर बजार
सेयर बजार २८ सय अंक नाघ्यो