निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले ल्यायो घोषणा पत्र

सफल खबर संवाददाता

बुधबार, ३० चैत्र २०७८, १५ : २२
निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले ल्यायो घोषणा पत्र

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र ल्याएको छ । बुधबार रूपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीले घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा जनमोर्चाले संघीयता खारेजीको विषयलाई प्रमुखताका साथ उठाएको छ ।

जनमोर्चाले स्थानीय तह निर्वाचनको मूल नारा नै ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ राखेको छ । जनमोर्चाले घोषणा पत्रमा स्थानीय तह जनतासँग प्रत्यक्ष रूपमा जोडिने भएकोले जनतका धेरै काम गर्न सकिने विश्वास व्यक्त गरेको छ ।

‘राष्ट्रिय जनमोर्चाले प्रतिक्रियावादी व्यवस्था अन्तर्गत पनि स्थानीय निकाय वा तहलाई अधिकार सम्पन्न बनाउन जोड दिँदै आएको छ,’ घोषणा पत्रबारे जानकारी गराउन जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय निकाय वा तह दैनिक रूपले स्थानीय जनताका समस्या सेवा तथा विकाससँग प्रत्यक्ष रूपमा जोडिन्छ। त्यसैले स्थानीय निकाय वा तह जनतासँग प्रत्यक्ष रूपमा जोडिने भएकोले जनतासँग जीवित सम्बन्ध कायम गर्न जनताको सेवा, विकास तथा स्थानीय सत्ताको पूर्व अभ्यासका लागि यसको महत्वपूर्ण भूमिका रहेको छ।’

गणतन्त्र रक्षाको विषयलाई मूल नारा बनाएको जनमोर्चाले एमालेलाई गणतन्त्रविरुद्ध राजवादीसँग मिल्नसक्ने आशंका गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस