माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि विज्ञापन खुल्यो

सफल खबर संवाददाता

बुधबार, ३० चैत्र २०७८, १२ : २३
माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि विज्ञापन खुल्यो

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स)का लागि विज्ञापन खुला गरेको छ । आयोगको मंगलबार बसेको बैठकले बुधबारदेखि वैशाख २९ गतेसम्म इच्छुक स्नातक उर्तिण गरेका व्यक्तिका लागि फारम भर्नका लागि विज्ञापन खुला गरेको हो ।

जेठ पाँच गतेसम्म दोब्बर दस्तुर तिरेर पनि इच्छुक योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्नेछन् । तोकिएको न्यूनतम योग्यता, तालिम पुगेका इच्छुक उम्मेदवारले अनलाइनबाट फारम भर्न सक्ने आयोगले जनाएको छ ।

माध्यामिक तहको शिक्षक लाइसेन्सका वस्तुगत लिखित परीक्षा भने असार १८ गते बिहान ८ बजे हुने सूचनामा उल्लेख गरिएको छ । परीक्षा केन्द्र भने सम्बन्धित प्रदेश अन्तरगतका जिल्लामा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस