काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन शेयर बजारमा ३४ अंकको गिरावट आएको छ ।
मंगलबार बजार परिसूचक नेप्से ३४.७८ अकंले ओरालो लागेर २३८५.०२ विन्दुमा थामिएको हो । बजार खुल्नेबित्तिकै चार अंकले बढेको नेप्से त्यसपछि ओरालो लागेको हो । सोमबार पनि नेप्सेमा ४४ अंकको गिरावट आएको थियो ।
ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्समा पनि मंगलबार करिब ६ अंकको गिरावट आउँदा ४४९ विन्दुमा झरेको छ । यसमा सोमबार ९ अंकको गिरावट आएको थियो ।यस दिन होटल तथा पर्यटन समूहको उपसूचक ३ अंकले उकालो लाग्दा बाँकी सबै समूह ओरालो लागे । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी २३५ अंकले झर्दा सबैभन्दा कम म्युचल फन्ड शून्य दशमलव १९ अंकले घट्यो ।
यस दिन नेस्डो समृद्ध लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा इमर्जिङ नेपाल लिमिटेड र न्यादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।मंगलबार २ सय ३७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर कारोबार हुँदा १ खर्ब ५२ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ चैत्र २०७८, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार