काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन शेयर बजारमा ३४ अंकको गिरावट आएको छ ।
मंगलबार बजार परिसूचक नेप्से ३४.७८ अकंले ओरालो लागेर २३८५.०२ विन्दुमा थामिएको हो । बजार खुल्नेबित्तिकै चार अंकले बढेको नेप्से त्यसपछि ओरालो लागेको हो । सोमबार पनि नेप्सेमा ४४ अंकको गिरावट आएको थियो ।
ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्समा पनि मंगलबार करिब ६ अंकको गिरावट आउँदा ४४९ विन्दुमा झरेको छ । यसमा सोमबार ९ अंकको गिरावट आएको थियो ।यस दिन होटल तथा पर्यटन समूहको उपसूचक ३ अंकले उकालो लाग्दा बाँकी सबै समूह ओरालो लागे । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी २३५ अंकले झर्दा सबैभन्दा कम म्युचल फन्ड शून्य दशमलव १९ अंकले घट्यो ।
यस दिन नेस्डो समृद्ध लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा इमर्जिङ नेपाल लिमिटेड र न्यादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।मंगलबार २ सय ३७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर कारोबार हुँदा १ खर्ब ५२ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ चैत्र २०७८, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेमा सामान्य गिरावट
सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ५३ करोडको कारोबार
दोहोरो अंकले बढ्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट, २ अर्ब ७९ करोडको कारोबार
नेप्सेमा सामान्य गिरावट
नेप्से दोहोरो अंकले घट्यो, ३ अर्ब ४८ करोडको कारोबार